भारतीय प्रधानमन्त्री मोदीले गरे ४ वर्षमा ८४ देशकाे भ्रमण, भयो १४ सय ८४ करोड खर्च

 साउन ५, २०७५ शनिबार ७:५३:५७ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुन २०१४ मा भारतको प्रधानमन्त्री बने । त्यसपछि उनले कति देशको भ्रमण गरे होलान् ? उनको विदेश भ्रमणमा कति खर्च भयो होला ?

प्रधानमन्त्री भएपछि तीन पटक त उनी नेपालकै मात्र भ्रमण गरे । 

भारतीय प्रधानमन्त्री मोदीको  चार वर्षमा विभिन्न विदेशयात्राका क्रममा एक हजार चार सय ८४ करोड रुपैयाँ खर्च भएको छ । यसमा चार्टड विमान, विमान पार्किङ तथा अन्य सुविधाहरु रहेका छन् । बिहीबार भारतीय राज्यसभामा जनरल(सेवानिवृत्त) बीके सिंहले यसबारेमा जानकारी दिएका हुन् । 

बिजनेस टुडेका अनुसार प्रधानमन्त्री मोदीको विदेश भ्रमणका क्रममा एक हजार ८८ करोड त विमान पार्किङमा मात्रै खर्च भएको जनाइएको छ । साथै १५ जुन २०१४ देखि १० जुन २०१८ सम्म गरिएका विभिन्न विदेश भ्रमणमा चार्टड उडानका लागि तीन सय ८७ करोड भारतीय रुपैयाँ खर्च भएको जनाइएको छ । त्यस्तै हटलाइन लगायतका अन्य सुविधाका लागि ९ करोड खर्च भएको छ । 

प्रधानमन्त्रीको शपथ लिएसँगै मोदीले ४२ यात्रामा ८४ देशको भ्रमण गरेको बताइएको छ । 

बीके सिंहका अनुसार प्रधानमन्त्री मोदीले सबैभन्दा बढी २०१५–१६ मा २४ देशको भ्रमण गरेका छन् । त्यस्तै उनले २०१६–१७ मा १९ र २०१७–१८ मा १८ देशको भ्रमण गरेका छन् । 

प्रधानमन्त्री भएसँगै मोदीले सबैभन्दा पहिलो विदेश भ्रमण भुटानको गरेका थिए भने अन्तिम विदेश यात्राका रुपमा गएको महिना चीन गएका थिए । बीके सिंहका अनुसार प्रधानमन्त्री मोदीको विदेश भ्रमणले विभिन्न देशसँगको कुटनैतिक सम्बन्ध विस्तार हुनुका साथै व्यापार तथा अर्थतन्त्रमा फाइदा पुगेको छ । 
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया