शीतलहर र अत्यधिक जाडोका कारण धनुषाका सामुदायिक विद्यालय ६ दिन बन्द

 पुस १३, २०७६ आइतबार १७:२०:८ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - तराई मधेशमा अत्याधिक बढदै गएको शीतलहर र जाडोका कारण धनुषामा ६ दिनका लागि विद्यालयहरु बन्द गरिएका छन् ।

शीतलहर र कठ्याग्रिदो चिसोका कारण स-साना बालबालिकाहरुलाई विद्यालय जान कठिनाइ भइरहेको भन्दै शिक्षा विकास तथा समन्वय इकाईले मंसिर १३ गतेदेखि १८ गतेसम्म ६ दिनका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

इकाई प्रमुख बरखु प्रसाद रजकले सञ्चारकर्मीसँग कुरा गर्दै पुस १ गतेदेखि नै अत्यधिक चिसो भएकाे र घाम नलागेका कारण  विद्यार्थीहरुको संख्यामा कमी हुन थालेपछि महिनाको मध्यमा आएर ६ दिनका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनुभयाे ।

यसैबीच निजी विद्यालयका संघ संगठनहरुले पनि १४ गतेदेखि १६ गतेसम्म ३ दिनका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

निजी विद्यालयका प्याबसन र एनप्याबसन सहितका संघ संगठनहरुले जाडोमा विद्यार्थीहरुलाई विद्यालय आउन समस्या भइरहेको भन्दै संयुक्त रुपमै तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

तराई मधेशका अधिकांश जिल्लाका पालिकाहरुले जाडोलाई मध्यनजर गर्दै धमाधम विद्यालय बन्द गर्दै आएकोमा धनुषामा भने अत्यधिक जाडो बढेको १३ दिन बितिसक्दा पनि विद्यालय बन्द गर्ने निर्णय भएकाे थिएन ।

अहिले भने शिक्षा विकास तथा समन्वय इकाई समितिले नै विद्यालय बन्द गर्ने निष्कर्षमा पुगेको हो । 

 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया