घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – चिनी उद्याेगबाट ६ वर्षदेखिको उखुको बक्याैता रकम नपाएर अर्को बाली लगाउन आर्थिक सङ्कट भोगिरहेका श्रमजीवी उखु कृषकहरूको आन्दोलनप्रति विवेकशील नेपाली दलकाे गम्भीर ध्यानाकर्षण भएको छ ।
आधुनिक व्यावसायिक कृषिको मीठा नारा दशकौँदेखि सुनिए पनि तराई-मधेशका उखु कृषकहरूको पीडाको अन्त्य आजसम्म हुन नसकेकाे भन्दै विवेकशील दलले आपत्ति जनाएकाे छ ।
'उत्पादन लागतको तुलनामा निकै कम मूल्यमा चिनी उद्याेगहरुलाई उखु बेच्नुको पीडा त छँदै छ, वर्षौँसम्म चिनी मिलले उखुको बक्यौता रकम नदिएपछि कृषकहरू निक्कै मर्कामा परेका छन् । सरकारले नेपाली चिनी उद्याेगकाे हितलाई ध्यानमा राखेर भारतीय चिनीको आयातमा कडाइ गरे पनि नेपाली चिनी उद्याेगहरुले एकातिर श्रमजीवी कृषकहरूको शोषण गरिरहेका छन् भने अर्कोतिर चाडबाडको बेलामा चिनीको मूल्य बढाएर आम-उपभोक्ताहरूलाई सास्ती दिने गरेका छन्', विकेकशीलले भनेकाे छ ।
चिनी उद्याेगकाे यस्ताे व्यवहार राेक्न सरकार असक्षम भइरहेकाे भन्दै विवेकशीलले आपत्ति जनाएकाे हाे । कृषिप्रधान देश भन्ने अनि कृषकका पीडा सम्बोधन नगर्ने हो भने कसरी, कस्तो समृद्धि आउँला ? विवकेशीलले प्रश्न गरेकाे छ । अहिले चलिरहेकाे उखु किसानकाे आन्दोलनमा विवेकशीलले पूर्ण ऐक्यबद्धता जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।