संक्रमित बिरुवा निकासी तथा पैठारी गर्नेलाई १ लाख ५० हजारसम्म जरिबाना हुने

 पुष १५, २०७६ मंगलबार १४:२७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - संक्रमित बिरुवा वा बिरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिबाना हुने भएको छ । 

बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक पास भए संक्रमित बिरुवा वा बिरुवाजन्य उपज निकासी तथा पैठारी गरेमा, जानी जानी वा लापर्वाहीपूर्वक सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको संसर्ग स्वस्थ बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुसँग गराएमा एक लाख ५० हजारसम्म जरिवाना हुने व्यवस्था गर्न लागिएको हो । हाल यो विधेयक कृषि समितिमा दफावार छलफलको क्रममा रहेको छ ।

त्यसैगरी संक्रमित बिरुवा वा बिरुवाजन्य उपज बिक्री वितरण गरेमा, सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु तोकिएको प्रक्रिया नपुर्‍याइ नष्ट गरेमा, संक्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु निरीक्षक वा कार्यालय प्रमुखको स्वीकृतिबिना क्वारेन्टाइन स्थलबाट हटाएमा पनि जरिबाना हुने व्यवस्था गर्न लागिएको छ ।

यसअघि त्यस कसुर अन्तर्गत १० हजार देखि ५० हजारसम्म जरिबाना तोकिएको थियो ।

समितिमा मंगलबार विज्ञहरुसँग विधेयकमाथि छलफल गरिएको छ । छलफलमा विज्ञ गोविन्द घिमिरेले स्वविवेकले जरिवाना गर्ने अधिकार धेरे भएको बताउनुभएको छ । ‘२५ हजार देखि ५० हजारसम्म भनिएको छ । २५ हजारको ग्याप धेरै भयो । यसलाई कन्ट्रोल गर्नुपर्छ । स्वविवेकी अधिकारले दुवै पक्षलाई नोक्सानी गर्छ र राज्यलाई पनि घाटा गर्छ’, उहाँले भन्नुभयो ।

छलफलका क्रममा अर्का विज्ञ राजन शर्माले तत्काल नै लागू भएर आएपछि निर्यातमा समस्या हुने भन्दै सबैभन्दा पहिले पूर्वाधार बनाउनुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बन्ने लोगोहरुमा कुन संकेत राख्ने भन्ने कुरा निक्र्यौल हुनुपर्ने बताउनुभयो ।

छलफलमा विज्ञहरुले एउटै दफामा निकासी  र पैठारीको व्याख्या गर्नुभन्दा २ खण्डमा यसको व्याख्या गर्नुपर्ने बताएका छन् । त्यस्तै अन्य मुलुकबाट कच्चा काठ लिने कि नलिने भन्ने कुरा स्पष्ट हुनुपर्ने विज्ञहरुले बताएका छन् । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया