घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
सोलुखुम्बु - कुलुङ जातिको महान् चाड चाक्चाकुर आजदेखि सुरु भएको छ । यो पर्व कुलुङ समुदायले प्रत्येक वर्षको पुस १५ गते देखि तीन दिनसम्म धुमधामसँग मनाउँछन् ।
चाक्चाकुरमा कुलुङहरुको बस्तीमा गाउँभरिका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै मनाउने गरिएको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर कुलुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्कार संस्कृतिको जगेर्ना गर्दै पर्वलाई निरन्तरता दिँदै आइएकाे छ । कुलुङ समुदायमा यसको महत्व अति विशिष्ट रहेको कुलुङहरु बताउँछन् । कुुलुङ जातिले पुस १५ लाई नयाँ वर्ष, पुस १६ लाई नयाँ अन्न खाने दिन र पुस १७ लाई कुलुङ सङ्घको स्थापनाका रुपमा चिनारी दाचाम्री चाक्चाकुर भनेर मनाइने अध्यक्ष किराँतीको भनाइ छ ।
अध्यक्ष किरातीका अनुसार कुलुङ भाषामा मीनाको अर्थ ‘मान्छे’ र मिनारीको अर्थ ‘मान्छेको पाखुरी’ हुन्छ । दाचाम्को अर्थ ‘भण्डार वा ढुकुटी’ हो भने निङ्दोङले ‘नयाँ वर्ष’ र चाक्चाकुरले ‘चासुम् अर्थात अन्नको सह’ तथा पुस महिनालाई जनाउँछ ।
मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पुज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो ।
औपचारिकरुपमा देशभर चाक्चाकुर पर्वलाई मनाउने शुरुआत नेपाल किराँत कुलुङ भाषामा संस्कृति उत्थान सङ्घ, केन्द्रीय कार्यसमितिको पहलमा २०६२ बाट थालिएको कुलुङ सङ्घले दावी गर्दै आएको छ । कुलुङ जातिको बसोबास भएका जिल्ला सोलुखुम्बु, भोजपुर, सङ्खुवासभा, इलाम, धनकुटालगायतका जिल्लामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ ।
त्यस्तै भारतको सिक्किम, पश्चिम बंगाललगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ ।
चाक्चाकुरका अवसरमा महाकुलुङ गाउँपालिकाले तीन दिन स्थानीय बिदा दिएको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कुुलुङ जातिको बाहुल्यता रहेको महाकुलुङ गाउँपालिकामा चाक्चाकुरको अवसरमा पुस १५, १६ र १७ गते स्थानीय बिदा दिइएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।