घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले दोस्रो जित दर्ता गरेको छ ।
एन्फा मैदान सातदोबाटोमा बुधबार भएको पहिलो खेलमा विभागीय क्लब नेपाल पुलिसले गत संस्करणको उप विजेता भएको संकटा क्लब लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
१५ औंँ मिनेटमा पुलिसले उपहार गोलमार्फत अग्रता लिएको थियो । संकटाका अमित तामाङले क्लियर गरेको बलले आफ्नै जाली चुमेपछि पुलिसले उपहार गोलबाट अग्रता लिन सफल भयो । तर १८ औंँ मिनेटमा अमित तामाङले पुलिसको पोस्टमा गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए ।
३३ औंँ मिनेटमा सुमन लामाले पुलिसका लागि गोल थप्दै खेल २–१ को अवस्थामा पुर्याए । पहिलो हाफमा २–१ को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा मौका पाए पनि गोल भने थप्न सकेन । यसैगरी संकटाले खेलमा फर्कनका लागि गरेको प्रयास पनि असफल हुन पुग्यो ।
याे जितसँगै पुलिस अंक तालिकाकाे पाँचौँ स्थानमा उक्लिएको छ । पराजित भएको संकटा भने दशौँ स्थानमा छ । आजको खेलमा निर्णायक गोल गर्ने सुमन लामा केल्मी म्यान अफ द म्याच घोषित भए ।
*यसअघि संकटा क्लबकाे नाम अन्यथा हुन गएकाेमा क्षमाप्रार्थी छाैँ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।