घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले विश्व समुदायलाई नेपाल भ्रमण वर्षको निम्तो दिनुभएको छ ।
भ्रमण वर्ष २०२० को औपचारिक समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री भट्टराईले नेपाल घुमेर जिन्दगी रोमाञ्चक बनाउन विश्वभरका नागरिकलाई आग्रह गर्नुभएको हो ।
विश्वमा कतै नभएका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा नेपालमा भएको भन्दै यहाँ घुमेर जिन्दगीभर सम्झनेगरी अद्भुत अनुभव लिन आह्वान गर्नुभयो ।
उहाँले नेपालमा दिगो शान्ति स्थापना हुने वातावरण बनेको र लगानीको लागि उत्तम गन्तव्य बन्दै गएको भन्दै नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।
गौतम बुद्ध र सगरमाथाको देशमा पर्यटनको क्षेत्रमा परिवर्तन भैरहेकाले यहाँ लगानी गरेमा प्रतिफलको चिन्ता नहुने पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।