काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
कञ्चनपुर - भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी बिष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुग्नुभयो ।
अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ठ नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए ।
त्यसै अनुसार वडा कार्यालयबाट अध्यक्ष कुँवरले स्थानीय तहमा निर्वाचित भएपछि पाएको वर्ष दिनको तलब गाउँमै वितरण गरेका छन् ।
‘मैले निर्वाचनमा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच वर्षसम्म सरकारी सुविधा नलिने वचन दिएकै थिएँ ।’ नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष कुँवरले भन्नुभयो, ‘यो जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोगस्वरुप दिएको हुँ ।’
ज्येष्ठ नागरिक समक्ष कार्यकालभरिको रकम आफू समाजमै परोपकारी काममा दिने पनि उहाँले बताउनुभयो ।
प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँका दरले १६३ जनालाई रकम वितरण गरिएको छ । ‘यहाँ आउन नसेका वृद्ध-वद्धालाई घरमै गएर पनि रकम दिन्छु,‘ अध्यक्ष कुँवरले भन्नुभयो– ‘म तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ ।’
तलब वापत पाएको रु दुई लाख ६२ हजार वडा कार्यालयका पदाधिकारीको सहयोगमा उहाँले आफै वितरण गर्नुभएको थियो ।
वडा अध्यक्ष कुँवरले जनप्रतिनिधिले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनीय हुने तर्क गर्नुभयो । ‘हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,‘ अध्यक्ष कुँवरले भन्नुभयो– ‘पाँच वर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।‘
वडाध्यक्षको मासिक तलब रु २२ हजार छ । ‘यहाँका ज्येष्ठ नागरिक मेरा अभिभावक हुन,‘उहाँले भन्नुभयो, ‘उहाँहरुकै आर्शीवादले म राजनीतिमा अघि बढ्नेछु ।‘
वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीयकदेखि गाउँमा बस्दै आउनु भएका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ ।
‘प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म हामीले चुन्यौं,’उहाँले भन्नुभयो, ’तर यति मनकारी प्रतिनिधि पहिलो पटक पाएका हौं ।‘
एक सय पाँच वर्षीय झुसिदेवी विष्टले भन्नुभयो,’अध्यक्षले राम्रो काम गरे, जुगौंजुग बाँचिरहुन ।” पालैपालो रकम वितरण गर्दा अध्यक्षलाई अंगालो हार्दै कतिपय वृद्धाले खुशीका आँशु समेत झार्नुभयो । ‘
त्यसैगरी स्थानीय ७७ वर्षीय रामबहादुर बिष्टले मनकारी अध्यक्ष पाएकोमा खुशीयाली समेत साटासाट गरे ।
अध्यक्षले तलब रकम वडामै वितरण गर्नुभएको सम्भवतः प्रदेश नं. ७ मा नै यो पहिलो घटना हो ।
स्थानीय प्रतिनिधि आएसँगै गाउँमा सडक, खानेपानी, विद्युत्, नदी नियन्त्रणका लागि तटबन्ध लगायत क्षेत्रको विकास समेत भएको स्थानीयवासीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।