निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्विकल्प आयोजना हो, राष्ट्रिय सहमति पनि जुटिसक्यो : मन्त्री भट्टराई

 पुस १७, २०७६ बिहिबार ७:५७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले नेपालले पर्यटन पूर्वाधारका काममा तीव्रता दिएको बताउनुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रममा मन्त्री भट्टराईले नेपालमा पर्यटक बढाउन हवाई सञ्जाल विस्तारको आवश्यकता रहेको र त्यसको लागि सरकारले विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय विमास्थल बनाइरहेको बताउनुभयो ।

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलकाे विकल्पमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको र केही महिनामै सञ्चालनमा आउने मन्त्री भट्टराईको भनाइ छ । यस्तै पोखरामा निर्माण भैरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को सुरुदेखि सञ्चालनमा आउने उहाँले बताउनुभयो । 

कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले निजगढमा बन्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको र यो निर्विकल्प विमानस्थल भएको प्रस्ट पार्नुभयाे ।  

‘हामीले देखेको सपना र राखेको उद्देश्य पूरा गर्नको लागि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य छ, यो हाम्रो लागि निर्विकल्प आयोजना हो, यसका लागि राष्ट्रिय सहमति कायम भएको छ, यसमा म खुशी व्यक्त गर्न चाहन्छु’, मन्त्री भट्टराईले भन्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया