प्रेस स्वतन्त्रता सेनानी याम प्रधानकाे निधन

 पुष १७, २०७६ बिहीबार १३:३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वतन्त्रता सेनानी तथा अग्रज पत्रकार याम प्रधानको बिहीबार  निधन भएको छ । लामो समयदेखि दुवै मिर्गाैला फेल भएर उपचार गराउँदै आउनु भएका प्रधानको आफ्नै निवासमा बिहान निधन भएको हो ।

उहाँ नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानीसमेत हुनुहुन्थ्याे । पञ्चायती व्य‍वस्थाविरुद्ध भएको आन्दोलनदेखि नै पत्रकारितामा होमिनुभएका प्रधान सुनसरीका धेरैजसो पत्रकारका गुरुसमेत हुनुहुन्थ्यो ।

प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताउनुभयो ।      

पत्रकारितामा सक्रिय प्रधानलाई पछिल्लो समय दुवै मिर्गौलामा समस्या भएको थियो । मिर्गौलामा समस्या भएपछि नियमित डाएलसिस गराउँदै आउनुभएका प्रधानकाे बिहीबार बिहान निधन भएकाे हाे । उहाँको निधनमा नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस संगठनलगायतले दुःख प्रकट गर्दै सामाजिक सञ्जालमार्फत हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।     

उहाँको बिहीबार नै इटहरीमा रहेकाे बुढीगंगा मुक्तिघाटमा अन्तेष्टि गरिएको छ । उहाँप्रति अन्तिम श्रदान्जली दिन नेपाली कांग्रेसका नेता महेश आचार्य, प्रदेश नम्बर १ का उप सभामुख सरस्वती पोख्रेल, नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता राजिव कोइराला लगायत पुग्नुभएको थियो । प्रधानका एक छोरी र श्रीमती हुनुहुन्छ ।    
 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया