नेपाल सधैँ शान्तिको पक्षमा उभिन्छ : पर्यटनमन्त्री भट्टराई

 पुष १८, २०७६ शुक्रबार १६:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल सधैँ शान्तिको पक्षमा रहेको बताउनु भएको छ ।

शुक्रबार काठमाण्डाैमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरिमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल सधैँ विश्वमा शान्ति कायम होस् भन्ने पक्षमा रहेको बताउनुभएको हो । 

उहाँले च्यान्टिङ सेरिमोनीले अन्तर्राष्ट्रिय ऐक्यबद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले भ्रमण वर्ष २०२० को जनवरी १ देखि नेपाल भ्रमण वर्ष सुरु भएको अवस्थामा यस्तो कार्यक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभइ नेपालको पर्यटन वर्षको प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने बताउनुभयो ।

मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सरकारले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी समेत दिनुभयो । सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनीको प्रवर्द्धनमा सहयोग पुर्‍याउने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया