घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
नुवाकाेट - नुवाकोटको बन्चरे डाँडाका स्थानीयहरुले आफ्ना माग पूरा नभएसम्म फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।
बन्चरेडाँडाको अनुगमनमा गएको शहरी विकास मन्त्रीसहितको टोलीसँग स्थानीयहरुले आफ्ना माग पूरा गर्न आग्रह गरेका हुन् । २ वर्षका लागि सम्झौता भए पनि १४ वर्षसम्म फोहोर फालिएको र आफूहरुसँग गरिएको सम्झौताहरु पूरा नभएको स्थानीयहरुको गुनासो छ ।
स्थानीय आशिष ढुंगानाले जनताको हितमा काम नगरेसम्म फोहोर फाल्न नदिने बताउनुभयो । उहाँले व्यवस्थित तरिकाले फोहोर फाल्न र जनतालाई प्रत्यक्ष असर पर्ने कुराहरुको व्यवस्थापन गर्न पनि आग्रह गर्नुभयो ।
‘हामीहरु बरु मर्न तयार छौँ तर फोहोर फाल्न दिँदैनौँ । यहाँका जनताको पनि गुनासो सुनियोस्’, उहाँले भन्नुभयो, ‘फोहोर नै फाल्न नदिने भन्ने होइन तर व्यवस्थित तरिकाले फालियोस् । यहाँका जनतालाई प्रत्यक्ष असर पर्ने कुराहरु व्यवस्थित गरियोस् ।’
अर्का स्थानीय कुमार तामाङले सुरुमा सरकारी पक्षबाट एक घर एक रोजगार, स्वास्थ्य, शिक्षा लगायतका सुविधाहरु दिने कुरा भए पनि १४ वर्षसम्म केही नभएको गुनासो गर्नुभयो । उहाँले ल्याण्डफिल साइट बनाउँदा कुनै अवरोध नगर्ने तर स्थानीयका मागहरु पूरा नभएसम्म फोहोर फाल्न नदिने बताउनुभयो ।
सिसडोलको हालत ब्रिग्रिँदै गए पनि समन्वय नभएको र काठमाण्डाै महानगरपालिकाले बेवास्ता गरेको स्थानीय विश्वनाथ बजगाईँले बताउनुभयो । उहाँले जग्गा अधिग्रहण भन्दा पनि फोहोरलाई व्यवस्थित तरिकाले फाल्ने वातावरण बनाउन आग्रह पनि गर्नुभयो ।
स्थानीयहरुको गुनासो सुनेपछि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्थानीयले राखेका मागहरु पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । हप्तामा एकपटक भए पनि त्यस क्षेत्रको भ्रमण गरी विकासका कामको प्रगतिका बारेमा जानकारी लिने र स्थानीयहरुका समस्या समाधानको जिम्मेवारी लिने बताउनुभयो ।
बन्चरेडाँडाको ल्याण्डफिल साइटलाई आधुनिक, वैज्ञानिक ल्याण्डफिल साइट निर्माणको लागि संघीय सरकारले एक अर्ब ५६ करोड रुपैयाँ बजेट छुटयाएको छ । विभागले स्थानीयको अवरोध भए पनि आउँदाे फागुन पहिलो साताभित्र पूर्वाधारका सबैकाम सकेर फोहोर व्यवस्थापन सुरु गर्ने दावी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।