घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – लगानी बोर्डले ‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरेको ५० परियोजनामध्ये १४ परियोजनाको पूर्वयोग्यता मूल्याङ्कन सम्पन्न गरी योग्य लगानीकर्ताको सूची तयार गरेको छ ।
बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरेर ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको १४ वटा परियोजनाको पूर्वयोग्यता मूल्यांकनसहित लगानीकर्ताको सूची तयार पारेको हो।
त्यसमध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत संभाव्यता अध्ययनका लागि कम्पनी छनौट भइसकेको बोर्डले जनाएको छ ।
बोर्डले १० अर्ब ५४ करोड रुपैयाँकाे अनुमानित लागतमा भेहिकल म्यानुफ्याक्चरिङ तथा एसेम्ब्लिङ प्लान्टका लागि कोरियाको मेट्रोक्स कम्पनीसँग सम्झौता गरेको छ । साथै, प्रदेश एकको दमकमा चाइना नेपाल फ्रेन्डशिप पार्क निर्माणका लागि ६४ अर्ब ६१ करोड रुपैयाँ लगानी गर्ने सम्झदारी भएको बाेर्डले जनाएको छ ।
त्यस्तै विराटनगर, वीरगञ्ज र भैरहवामा निर्माण हुने १३ अर्ब रुपैयाँ लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत अध्ययनका लागि दुई कम्पनीसँग सम्झौता भएकोसमेत बोर्डले जनाएको छ ।
सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पछिल्लो समय हेज फण्ड सञ्चालनमा आउनु र सरकारले देशकै रेटिङ गर्न लाग्नुले वैदेशिक लगानीको वातावरण बन्दै गएको बताउनुभयो ।
उहाँले स्वदेशी लगानीकर्ताले पाउने सुविधा विदेशी लगानीकर्ताले पनि पाउने भएकोले लगानी सम्मेलनमा आएका प्रतिवद्धताहरु कार्यान्वयनमा जान लागेको समेत बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत अधिकारीले लगानी सम्मेलनमा हस्ताक्षर तथा घोषणा भएका १६ वटा समझदारीहरु कार्यान्वयन भइरहेको समेत जानकारी दिनुभयो । यस्तै सम्मेलनमा प्रस्ताव नगरिएका परियोजनामा प्राप्त १५ प्रस्तावहरुमध्ये १० वटा परियोजनाहरु कार्यान्वयनको लागि अध्ययनको चरणमा रहेको उहाँले बताउनुभयो ।
उहाँले अरुण तेस्रो जलविद्युत आयोजनाका महत्वपूर्ण कामहरु सकिएको तथा होङशी सिमेन्टले दोस्रो चरणको उत्पादन सुरु गर्न लागेको जानकारी समेत दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।