घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ - चिनी मिलले दिनुपर्ने भुक्तानीको माग गर्दै आन्दोलन गरिरहेका उखु किसानले अहिले पनि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । पानीमा रुझ्दै किसानले प्रदर्शन गरेका हुन् ।
सरकारले आउँदो माघ ७ गतेभित्र भुक्तानी गर्न बाँकी रहेको रकम उपलब्ध गराउने बताए पनि किसानहरुले लिखित प्रतिबद्धताको माग गरिरहेका छन् ।
यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माघ ७ गतेभित्रै मिल सञ्चालकबाट उखु किसानरुको भुक्तानी गराइनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा मन्त्री भट्टले उखु किसानको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भीर रहेको बताउनु भएको हो ।
माघको पहिलो हप्ताभित्रै सबै भुक्तानी दिलाउनेगरी लिखित रुपमै सहमति गर्ने उहाँले बताउनु भयो । उहाँले यो महिनाभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो हप्तासम्म भुक्तानी गराइसक्ने दावी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।