घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
रसुवा – रसुवामा एक हप्ताको लागि सुकेको दाउरा संकलन गर्न दिइने भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर हुने भएकाले एक हप्ताको प्याकेज बनाएर दाउरा संकलन गर्न दिन लागिएको हो ।
शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रका बासिन्दालाई दाउरा संकलन गर्न दिनका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयलाई विशेष अनुरोध गर्ने निर्णय गरेको छ ।
‘चिसोको कारण कोही नागरिकको मृत्यु नहोस्’ भन्ने धारणालाई मध्यनजर गर्दै यो निर्णय गरिएको समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।
जिल्लाको माथिल्लो क्षेत्रमा हिमपातबाट प्रभावित हुनसक्ने घरपरिवारलाई जाडोको समयमा आगो ताप्नका लागि सुकेको दाउरा संकलन गर्न दिन लागिएको हो । यस क्षेत्रमा कार्तिक अन्तिमबाट जाडो सुरु भएर फागुन अन्तिमसम्म रहन्छ ।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको दाहालफेदी, मेन्दो गाउँ, नागथली, लिङलिङ, घुम्बाचौर, शेर्पा गाउँ, भञ्ज्याङ, लाङटाङ, क्यान्जिन, मुण्डु, गोसाइँकुण्ड क्षेत्र, लौरीविना, चोलाङपाटी, नागुङ र ठाडेमा हिमपात हुने गरेको छ ।
यस्तै आमाछोदिङमोको ठुलोहाकु, नेसिङ, पेल्दुडाँडा, गोल्जुङ, गत्लाङ, पार्वतीकुण्ड, तातोपानी, गोङगाङ, सिम्बु, कालिकाको राम्चे, उत्तरगयाको तिरु, करुम याङ र नौकुण्डको सिम्बन्दी, साङग्युल, बच्चा, दोक्लाङ, यार्सा र युब्रा हिमपातको प्रभावित क्षेत्र हो।
जिल्लामा हिमपातबाट ९ सय ७९ परिवार प्रभावित भएको समितिले जनाएको छ । यसैगरी समितिले माघ २ गते भूकम्प दिवस बनाउने, विस्थापितको व्यवस्थापन गर्नका लागि जिल्ला आयोजना कार्यान्वयन इकाइ (जिमाली) लाई अनुरोध गर्नेभएको छ ।
मनसुनको समयमा पहिरोले घरजग्गा तथा बालीमा क्षति भएका परिवारलाई राहतको समर्थन गर्ने लगायतका निर्णय समितिले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।