सागमा पहिलो पटक क्रिकेट र प्याराग्लाइडिङ समावेश हुने

 साउन ५, २०७५ शनिबार १७:१०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आउँदो फागुन २५ गते देखि चैत ४ गतेसम्म नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुदमा पहिलो पटक क्रिकेट र प्याराग्लाइडिङ समावेश हुने भएका छन् ।

शनिबार काठमाडौंमा बसेको दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले दुईवटा खेल थप गर्ने निर्णय गरेको हो । 

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सदस्य राष्ट्रहरुको अनुरोधमा भएको छलफलपछि क्रिकेट र प्याराग्लाइडिङ थपिएको हो ।

क्रिकेटमा ओलम्पिक टोली अर्थात यू–२३ टिमबीच प्रतिस्पर्धा हुने छ । दुर्इ खेल थपिएपछि दक्षिण एशियाली खेलकुदमा २७  खेलमा स्पर्धा हुने भएको छ । 

काउन्सिलको यसअघि बसेको बैठकले २५ खेल खेलाउने निर्णय गरेको थियो । जसमध्ये कराते र गल्फ आयोजक राष्ट्रको हैसियतले नेपालले समावेश गरेको थियो ।

काउन्सिलको बैठकले २७ खेलका इभेन्टहरु पनि निर्धारण गरेको छ । 

नेपाल ओलम्पिक कमिटीले भोलि  पत्रकार सम्मेलनमार्फत यसको  जानकारी गराउने छ ।  १३औं दक्षिण एशियाली खेलकुद काठमाडौं र पोखरामा आयोजना हुनेछ ।

यसका लागि अहिले पूर्वाधार निर्माण भइरहेको  छ । 

राष्ट्रिय खेलकुद परिषद्ले फागुनसम्ममा सबै पूर्वाधार निर्माण सम्पन्न हुने जनाइसकेको छ ।

१३औं साग गेम्समा आर्चरी, एथ्लेटिक्स, ब्याडमिण्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हकी, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, खो–खो, शुटिङ, स्क्वास, स्वीमिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ खेलमा प्रतिस्पर्धा हुनेछ ।  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया