काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं - इंग्ल्यान्डको लर्डसमा हुने त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी शृंखलाका लागि नेपाली राष्ट्रिय टोलीले इंग्ल्यान्डको क्लब ह्याम्पशायर हग्ससँग अभ्यास खेल खेलिरहेको छ ।
पहिले ब्याटिङ गरिरहेको नेपाली टोलीका कप्तान पारस खड्काले सय रन पुरा गरेका छन् । ब्यक्तिगत रुपमा ९४ रन बनाएका बेला पारसले छक्का हान्दै सय रन पूरा गरेका हुन् ।
ह्याम्पशायर बेलायतको पुरानो क्रिकेट क्लब हो । नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग ट्वेन्टी –ट्वेन्टी खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको र जुलाई २६ मा इष्ट लण्डन शार्कसँग ट्वेन्टी –ट्वेन्टी खेल खेल्नेछ ।
चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लड्र्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ ।
नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबबीच लड्र्समा हुने त्रिकोणात्मक शृँखला जुलाई २९ तारिखमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।