जुम्लामा तेस्रो पटक हिमपात : तापक्रम माइनस ५ डिग्री

 पुष २२, २०७६ मंगलबार ९:३५:२८ | नेत्र शाही
unn.prixa.net

तस्बिर : नेत्र शाही (उज्यालाे)

जुम्ला – जुम्लामा फेरि हिमपात भएको छ । केही दिनदेखि रोकिएको हिमपात तेस्रो पटक सुरु भएकाे हो । गएकाे मङ्सिर महिनामा भारी हिमपात भएको जुम्लामा झण्डै एक सातादेखि हिउँ पर्ने र रोकिने क्रम भइरहेको छ । 

यस पटक पनि भारी वर्षापछि हिउँ पर्न थालेको हो । हिउँ पर्न थालेपछि जनजीवन प्रभावित भएको छ । हिउँ पर्न थालेसँगै स्थानीयका दैनिक क्रियाकलापहरु रोकिएका छन् भने त्यस क्षेत्रमा यातायात सेवा पनि अवरुद्ध भएको छ । यसैगरी हवाई यातायात ठप्प भएको छ । 

तापक्रम माइनस पाँच डिग्री 

तेस्राे पटक हिमपात भएसँगै जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य रहेको हावापानी फिल्ड कार्यालयले जनाएको छ । आद्रता भने ६२ दशमलव ९ रहेको छ ।

यस पटक भने सबैभन्दा कम तापक्रम पुस १ गते माइनस ७ दशमलव २ डिग्रीमा झरेको थियाे ।  

मौसम अनियमितताले अस्तव्यस्त

हिउँ, पानी र बादलले एक सातादेखि अस्तव्यस्त जुम्लाको जीवनशैली चिसोले प्रभावित भएको छ । पर्याप्त मात्रामा हिउँ परेको भए पनि पटक पटक हिउँ परिरहँदा स्थानीयवासी दिक्क हुन थालेका छन् ।

मङ्सिर महिनामै झण्डै अढाइ फिट परेको हिउँ पग्लिन नपाउँदै पटक–पटक हिउँ परेपछि स्थानीयवासी हैरान भएका छन् । हिउँ पछिको चिसोले विशेषगरी ज्येष्ठ नागरिक र बालबालिकाहरुमा रुघाखोकीको समस्या बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएकाे छ ।

यसैगरी हिमपातले सरकारी कार्यालयका काम प्रभावित हुनुका साथै विकास निर्माणका काम पनि ठप्प भएका छन् । तापक्रम न्यून भएकाले पूर्वाधारका काममा कठिन भएको सम्बन्धित कार्यालयहरुले जनाएका छन् । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया