च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल टस पनि...
फागुन १३, २०८१ मंगलबार
धनुषा - समाचार संकलनका लागि जनकपुर उपमहानगरपालिका पुगेका उज्यालो सहकर्मी सुभाष कर्णसहित आधा दर्जन पत्रकारमाथि कुटपिट भएको छ ।
सडक विस्तारको क्रममा जानकी मन्दिर फुलबारीको जग्गा उपमहानगरपालिकाले मिचेको विषयमा मेयर लालकिशोर साहको अभिव्यक्ति लिने क्रममा पत्रकारमाथि कुटपिट भएको हो । पत्रकारहरुले मिडिया आतंक फैलाउन खोेजेको भन्दै हप्काउँदै साहका केही कार्यकर्ता र नगर प्रहरीले कुटपिट गरेका उज्यालो सहकर्मी कर्णले बताउनुभयो ।
पत्रकारहरुले जानकी मन्दिर फुलबारीको जग्गा अतिक्रमणको नापीमा के भयो? भन्ने विषयमा प्रश्न गरेका थिए । पत्रकारका क्यामेरा, मोबाइल लगायत समाचार पनि नगर प्रहरीले खाेसेका छन् । पत्रकारमाथि भएको दुर्व्यवहारप्रति पत्रकारसँग सम्बन्धित संगठनले विरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।