काठमाण्डौ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार
फागुन १३, २०८१ मंगलबार
कैलाली – कैलालीमा केराको रेसाबाट निर्माण भएका विभिन्न हाते सामग्रीको खपत बढ्दै गएको छ ।
टीकापुर नगरपालिका–८ धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेसा उत्पादन गरी बनाइएका सामग्रीको माग बढ्दै गएको सहकारीले जनाएको छ ।
एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेसाबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाइलगायतका सामग्री निर्माण गर्ने गरेको छ ।
सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले उद्योगले केराको थाम किसानबाट निःशुल्क ल्याउने र १० वटा थामबाट एक केजी रेसा उत्पादन हुने गरेको बताउनुभयो । उहाँले एक केजी रेसाबाट १५ वटासम्म टोपी बनाउन सकिने बताउनुभयो ।
सहकारीले प्रतिटोपी एक हजार, पेन होल्डर तीन सय रुपैयाँमा बिक्री गर्ने गरेको छ । सहकारीलाई उत्पादित सामग्री बिक्रीका लागि बजारको अभाव छैन ।
सहकारीको उद्योगमा १० जना महिलाले काम गरिरहेका छन । उनीहरूले घर सजावट तथा प्रयोगमा ल्याउन सकिने विभिन्न सामग्री बनाउने गरेका छन् । सरकारले एक सहकारी, एक उद्योगको नीति लिएर उद्योगमार्फत किसान तथा महिलालाई रोजगारीसँग जोड्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।