काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – दिल्लीको एक स्थानीय अदालतले निर्भया सामूहिक बलात्कार र हत्यामा संलग्न चार जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
निर्भया घटनामा संलग्न चार जना दोषीहरुः अक्षय ठाकुर सिंह, मुकेश, पवन गुप्ता र विनय शर्माले आउँदो जनवरी २२ मा बिहान सात बजे तिहाड जेलमा मृत्युदण्ड दिइनेछ ।
सन् २०१२ को डिसेम्बर १६ मा २३ वर्षकी एक मेडिकल छात्रालाई गुडिरहेको बसमा सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
निर्भया बलात्कारमा ६ जना संलग्न रहे पनि एक जनाले जेलमा आत्महत्या गरेका तथा अर्का एक जना घटना घटेको बेलामा नाबालिग रहेकाले चार जनालाई मात्रै मृत्युदण्डको सजाय सुनाइएको हो ।
दिल्लीको पटियाला अदालतका अतिरिक्त सत्रका न्यायाधीश सतीश कुमार अरोडाले भने, ‘दोषीहरुलाई अघिको कारबाहीको लागि १४ दिनको समय दिइएको छ ।’
निर्भयाका आमाबुवाले घटनामा संलग्न चार जना दोषीहरुलाई मृत्युदण्डको सजायको लागि कानुनी कारबाही प्रक्रियामा ढिलासुस्ती नगर्न आग्रह गरेपछि अदालतले यस्तो फैसला गरेको हो ।
याे पनि पढ्नुस्
दोषीहरुका वकिल ए. पी. सिंहले अदालतको फैसलाको विरुद्धमा सर्वाेच्च अदालतमा ‘क्युरेटिभ पिटिशन’ दायर गर्ने बताए ।
निर्भयकी आमा आशा देवीले भनिन्, ‘सात वर्षदेखि दोषीहरुको सजायको पर्खाइमा थिएँ । मेरो छोरीलाई न्याय मिलेको छ । चारै जना दोषीलाई मृत्युदण्ड दिइँदा देशका महिलाहरुलाई ताकत मिल्छ । यो फैसलाले मानिसहरुमा न्यायपालिकाप्रतिको विश्वास अझ बढ्छ ।’
निर्भया घटनामा संलग्न चारै जना दोषीले सन् २०१४ मार्चमा दिल्ली उच्च अदालतको आदेशविरुद्ध सर्वाेच्च अदालतको ढोका ढकढकाएका थिए । दिल्ली उच्च अदालतको आदेशमा चारै जनालाई मृत्युदण्डको सजाय दिने विषयमा मञ्जुरी दिइएको थियो ।
यसअघि सन् २०१३ सेप्टेम्बर १३ ‘ट्रायल कोर्ट’ ले सबै दोषीहरुलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
त्यसपछि सन् २०१७ मार्च ५ मा सर्वाेच्च अदालतले पनि दोषीहरुको सबै अपिल खारेज गरेको थियो । फेरि तीन जना दोषीः पवन, विनय र मुकेशले सर्वाेच्च अदालतमा पुनर्विचार गर्न अपिल गरेको थियो, जसलाई सन् २०१८ जुलाई ९ मा सर्वाेच्च अदालतले खारेज गरिदियो ।
घटना के थियो ?
सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कार गरेका थिए ।
चार जना दोषीको अलावा एक प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए ।
एक जना अपराधी, जो घटना हँदाको समयमा नाबालिग साबित भएका थिए, उनलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो । उनको नाम खुलाउन सकिँदैन । उनलाई सन् २०१३ अगस्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो ।
अहिले उनी वयस्क भइसकेका छन् तर नियमका अनुसार उनको सजाय पूरा भइसकेको छ । अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन् किनकि बाहिर उनको सुरक्षा चिन्ताको विषय बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।