काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसहित पश्चिमी देशका केही नेताले ईरानी मिसाइलले युक्रेनी यात्रु विमान खसालेको बताएका छन् ।
क्यानडा र बेलायतका नेताले विमान दुर्घटनाको पूरै जाँच गर्न मागसमेत गरेकाे बिबिसीले जनाएको छ । युक्रेनी विमान तेहरान विमानस्थलबाट उड्ने बेलामा गएकाे बुधबार दुर्घटना हुँदा त्यसमा रहेका सबै एक सय ७६ जनाकाे ज्यान गएकाे थियाे ।
जस्टिन ट्रुडोले केही महत्वपूर्ण माध्यमबाट आफूलाई युक्रेनको विमान ईरानले जमिनबाट मार हान्ने मिसाइलले आक्रमण गरी खसालेको खबर पाएको बताएका छन् । हवाई जहाज दुर्घटनामा क्यानडाका ६३ जना नागरिक थिए ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्रुडोको भनाइप्रति सहमति जनाउँदै क्यानडा र बेलायत मिलेर यसबारे थप खोजी गरिरहेको बताएका छन् ।यसअघि पनि अमेरिकी सञ्चारमाध्यमले इरानले गलत तरिकाले युक्रेनी विमान खसालेको बताएका थिए ।
अमेरिकी न्युज च्यानल सीबीएसका अनुसार अमेरिकी अधिकारीहरुले युक्रेन इन्टरनेशनलको बोइङ ७३७ विमानलाई ईरानको मिसाइलले हानेको बताएका छन् ।
यद्यपि ईरानले भने यी सबै आरोप नकारेको छ ।
तर युक्रेनले संयुक्त राष्ट्रसँग विमान दुर्घटनाको जाँचमा बिना शर्त समर्थन मागेको छ ।
युक्रेनले पहिले नै विमान दुर्घटनाको कारण मिसाल प्रहार त होइन ? भनेर जाँच गरिरहेको बताएको थियो । त्यो समय ईरानले यो आशङ्कालाई खारेज गरेको थियो ।
ईरानले इराकमा रहेको अमेरिकी सैनिक अड्डामा मिसाइल प्रहार गरेको केही समयमा नै युक्रेनी विमान दुर्घटनाग्रस्त भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।