रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
हेटौँडा – प्रदेश ३ काे राजधानी हेटौँडा कायम गर्न नेपाल कम्युनिष्ट पार्टीभित्र (नेकपा) भित्र एकमतको प्रयास थालिएको छ ।
स्थायी राजधानी हेटौँडा कायम गर्नका लागि प्रदेश सभामा नेकपा एकमत भएर अगाडि बढ्ने नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फूयाँलले बताउनु भयो । स्थायी राजधानी हेटौँडा कायम गरेर नाम वाग्मती राख्न नेकपाका सबै सांसद एक हुने उहाँले बताउनु भयो ।
नेकपा संसदीय दलको बैठक चलिरहँदा पनि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायतका दलहरुसँग पनि सर्वसहमतिको प्रयास भइरहेको छ । सर्वसहमतिको प्रयासका लागि अनौपचारिकरुपमा दलहरुसँग छलफल भइरहेकाे फूयाँलले जानकारी दिनुभयाे ।
नेकपाको संसदीय दलको शुक्रबारकाे बैठकले प्रदेशको स्थायी राजधानीका विषयमा निर्णय गर्ने तयारी गरेको छ । राजधानी र नामाकरणका विषयलाई लिएर सांसदहरुका बीचमा बैठक चलेको आज पाँचौ दिन हो ।
हरेक दिन नाम र राजधानीका विषयमा संसदीय दलले निर्णय गर्ने भने पनि बैठक बिना निष्कर्ष स्थगित हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।