मध्य प्रदेश : इज्जत जोगाउन आफ्नै बुवाले छोरीलाई  जिउँदै जलाए

 साउन ६, २०७५ आइतबार ८:२८:१ | एजेन्सी
unn.prixa.net

भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीको आफ्नै बुवा र दाईले जिउँदै जलाएका छन् । आफ्नै छोरी तथा बहिनीलाई जिउँदै जलाउनुको मुख्य कारण इज्जत भएको प्रहरीले जानकारी दिएको छ ।  प्रहरीका अनुसार ती युवतीले परिवारको इच्छा विपरित विवाह गर्न लागेकी थिइन् ।

गएको शुक्रबार १९ वर्षीय लक्ष्मी बाई उनका प्रेमी राजकुमार लौवंशीको घरमा पुगेकी थिइन् । लौवशीको घरमा गएकी लक्ष्मीलाई उनका बुवाले देखेका थिए । लक्ष्मीलाई उनका बुवाले जबरजस्ती घिसारेर आफ्नो घर लगेका बताइएको छ । 

जानकारीका अनुसार लक्ष्मी र राजकुमार १० महिनादेखि प्रेम गर्दै आइरहेका थिए । लक्ष्मीको परिवारलाई यो सम्बन्ध मन परेको थिएन । लक्ष्मीका बुवाले पटक पटक लक्ष्मीलाई सम्झाउँदै आएका थिए । लक्ष्मी र राजकुमारले अदालतमा गएर बिहे गर्ने निर्णय गरेका थिए । 

यसैक्रममा गएको शुक्रबार लक्ष्मी राजकुमारको घर गएको देखेपछि उनका बुबा सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टीतेल खन्याएर लक्ष्मीलाई आगो लगाइदिएका थिए । ती युवतीको घटनास्थलमा नै मृत्यु भएको थियो । 

प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको र उनका बुबा र दाइ दुवैजनालाई पक्राउ गरेको बताएको छ । युवतीकी आमा र केही छिमेकीले ती युवतीले आफैँ मट्टीतेल छर्किएर आत्महत्या गरेकी भन्ने बयान दिएका छन् । 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया