खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
मकवानपुर - प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताउनुभएको छ ।
उद्योग संघ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौँडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न प्रदेश-३ सरकार लागिरहेको बताउनुभयो । उहाँले हेटौँडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश-३ मातहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकारमार्फत हस्तान्तरण हुन बाँकी रहेकाले ठोस कदम चाल्न नसकिरहेको प्रस्ट पार्नुभयो ।
उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गरेमात्रै देशले आर्थिक उपलब्धि हासिल गर्नसक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्न यहाँको औद्योगिक विकास आवश्यक रहेको बताउनुभयो ।
‘हाम्रो प्रदेशको समृद्धिको आधार के के हुनसक्छ भनेर विज्ञसहित धेरै छलफल भए, अध्ययन भए र ती सबैको अन्तिम निचोड भनेको उद्यमशीलता बढाउने, औद्योगिक विकास गर्ने भन्ने नै हो भन्ने बुझेका छौँ र आगामी दिनमा सोही अनुसार रणनीति निर्माण गर्छौँ’, मन्त्री नेपालले भन्नुभयो ।
उहाँले प्रदेशलाई उद्योगमैत्री बनाउनुपर्ने धारणा राख्नुभयो । बढीभन्दा बढी उद्योगीलाई यस प्रदेशमा लगानी गर्ने वातावरण निर्माण गरिने बताउँदै प्रदेश सरकार उद्योगलाई हरप्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।