आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक सङ्घको घोषणा

 वैशाख १२, २०८२ शुक्रबार ७:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल चिकित्सक सङ्घले आज सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ ।

सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अरु सेवाहरूमा सहभागी नहुने घोषणा गरेको हो ।

आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकोले आन्दोलन गर्नुपरेको सङ्घको भनाइ छ ।

निजी कलेज सञ्चालकहरुले निर्वाह भत्ता नदिएको भन्दै पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन् ।

चिकित्सकहरुले आफूहरुको श्रम शोषण भएको भन्दै हिजो पनि प्रदर्शन गरेका थिए । चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तहको भत्ता दिनुपर्ने उनीहरुको माग छ । 


 

अन्तिम अपडेट: बैशाख १२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया