धनुषा हत्या प्रकरणका आरोपित उद्योगी महतो पक्राउ : मुचुल्का विवादले पोष्टमार्टम हुन सकेन

 पुस २६, २०७६ शनिबार १४:६:५८ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - अवैध बालुवा गिट्टी उत्खननविरुद्ध आवाज उठाएका धनुषाकाे श्रीपुरका ओमप्रकाश भन्ने दिलिपकुमार महतोलाई टिप्परले किचाएर हत्या गरेकाे आरोपमा उद्योगी विपिन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बिहान ४ बजे औरही खोलामा बालुवा गिट्टीको अवैध उत्खनन गर्न पुगेका ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उहाँको हत्या गरिएको प्रत्यक्षदर्शी राेशन यादवले बताउनुभएकाे थियो ।

मृतकका आफन्तजन र स्थानीयको उजुरीपछि ढल्केबरमा रहेकाे चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्रका सञ्चालक विपिन महतोलाई शनिबार बिहान १० बजेतिर जनकपुरधाम-१, भानु चाेकबाट पक्राउ गरिएको हो ।

घटनालगत्तै प्रहरीले टिप्पर नियन्त्रणमा लिएको थियो भने दिउँसोसम्ममा चालक मुनिन्द्र महतोलाई पक्राउ गरिसकेको थियो ।

 

घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले दोषीमाथि तत्काल कारवाहीको मांग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए । अवस्था तनावग्रस्त भएपछि प्रहरीले लाठी चार्ज र दर्जनौ राउण्ड आश्रुग्यास समेत प्रहार गर्नु परेको थियो ।

मुचुल्का विवादले पोष्टमार्टम भएन

घटनाको केही बेरमै प्रहरीले बिना कुनै मुचुल्काकै शव पोष्टमार्टमका लागि उठाएको विवादले पोष्टमार्टम हुन सकेकाे छैन ।

बिना मुचुल्काको प्रहरीले शव उठाएकोमा स्थानीयहरु प्रशासनविरुद्ध आक्रोशित भएका छन् । उनीहरुले बिनामुचुल्का शव उठाउनुमा प्रहरी र प्रशासनको पनि घटनामा संलग्नता रहेको भनेर आरोप लगाउँदै आएका छन ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख रामकुमार यादव भने मृतकका परिवारले हालसम्म जाहेरी नदिएका कारण पोष्टमार्टम हुन नसकेको बताउनुहुन्छ । मुचुल्काबिना नै किन शव उठाइयो भन्ने प्रश्नमा उहाँले घटनाको अवस्था र स्थानीयमा आक्रोश रहेका कारण विवाद बढन जाने देखेर वडाध्यक्षकै सहमतिमा शव उठाइएको बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया