सडकले ल्याएको खुशी

 साउन ६, २०७५ आइतबार १२:४:११ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – बर्सेनि भारत जाने पलाँता २ धौलागोहका धर्मराज न्यौपाने यस वर्ष भारत जानुभएन । गाउँघरमै काम पाएकाले भारत नगएको उहाँको भनाई छ । दैनिक हजार, बाह्रसय रुपैयाँ गाउँघरमै कमाउन थालेको न्यौपानेले बताउनुभयो ।

कालिकोटको पलाँता गाउँपालिका सडक सञ्जालमा जोडिएपछि काम खोज्दै भारत जानेको संख्यामा कमी आएको छ । कर्णाली करीडोर अन्र्तगत लागिघाट–घाटाचौर सडकखण्डको ट्रयाक नेपाली सेनाले खोलेसँगै पलाँता सडक सञ्जालमा जोडिएको हो । गाउँपालिकामा सडक पुगेपछि आर्थिक समृद्धीको ढोका खुलेको स्थानीय बताउँछन् । 

गाउँमा बेरोजगार बस्दै आएकाहरुले साना व्यवसाय सुरु गर्न थालेको पलाँताका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्माले बताउनुभयो ।

सडक पुगेसँगै पलाँता ९ को बाख्रेमा हाट पनि सुरु भएको छ । स्थानीय उत्पादन सजिलै विक्न थालेको छ । यहाँ उत्पादन हुने आलु, चिनो, कागुनो, स्याउ तथा सिमिबिक्रि हुने भएपछि स्थानीय खुशी भएका छन् । गाडी पुगेपछि गाउँमा पक्की घर पनि बन्न थालेका छन् ।

प्रत्येक वडामा सुपथ मूल्य पसल संचालन पनि हुन थालेका छन् ।  सबै वडामा पसल संचालनमा आएपछि स्थानीयले दैनिक उपभोग्य सामाग्री आफ्नै वडामा पाउन थालेका छन् ।

स्थानीय बजार अनुगमन तथा नियमनको जिम्मेवारी पाएको गाउँपालिकाले बजारभाउमा भने एकरुपता कायम गर्न सकेको छैन । पलाँता गाउँपालिकाले सडक सञ्जाललाई विकासको पहिलो आधार मानेको छ । गाउँपालिकाले तीन वर्षमा सबै वडामा सडक पु¥याउने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया