आईएस लडाकूसँगकाे भिडन्तमा चार सिरियाली सैनिक मारिए

 माघ २, २०७६ बिहीबार १७:४५:३३ | रासस
unn.prixa.net

पूर्वी सिरियामा बुधवार सिरियाली सेना र इस्लामिक स्टेट्स (आईएस) लडाकूबीच भएको भिडन्तमा कम्तीमा चार सिरियाली सैनिक मारिएका स्थानीय मानव अधिकारवादी समूहले जानकारी दिएको छ । 

सिरियाको दैर अल जोर प्रान्तको बुलाइल गाउँनजिकैे भिडन्त भएको ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले जानकारी दिएको छ । आइएस लडाकू समूहले गरेको एम्बुस आक्रमणमा एक वरिष्ट सैनिक अधिकारीसहित पाँच सैनिकको मृत्यु भएको एक दिनपछि आइएसले फेरि आक्रमण गरेको बताइएको छ । 

अब्जरभेटरीका अनुसार सिरियामा सन् २०१९ को मार्चबाट सन् २०२० को जनवरीसम्म भएको यस प्रकारको आक्रामणहरुमा परेर ३४१ जना सरकारी सैनिक तथा सरकार समर्थक लडाकू मारिएका छन् । त्यसैगरी १०३ आइएस  लडाकू मारिएका जनाइएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया