कश्मीरः हिमपहिरोमा फसेकी १२ वर्षीया बालिकाको १८ घण्टापछि उद्धार

 माघ ३, २०७६ शुक्रबार ८:४७:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तान प्रशासित कश्मीरमा हिमपहिरोमा फसेकी १२ वर्षीया बालिकाको १८ घण्टापछि उद्धार गरिएको छ । 

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा उद्धार गरिएकी समीना बीबीले आफू हिउँमा दबिएको र सहयोगको लागि चिच्याएको बताइन् । उनले भनिन्, ‘म मर्छु जस्तो लागेको थियो । तर मलाई सही समयमा बचाइयो ।’

नीलम उपत्यकामा केही दिनदेखि गएको हिमपहिरो र भूस्खलनमा परि कम्तीमा ७४ जनाले ज्यान गुमाइ सकेका छन् । 

यद्यपि हिमालय क्षेत्रमा यस्तो घटना भइ रहन्छ तर यो आँकडा गएको केही वर्षको तुलनामा सबैभन्दा धेरै हो । 

भारत प्रशासित कश्मीर र अफगानिस्तान पनि हिमपहिरो र भूस्खलनबाट प्रभावित भएको छ । तर पाकिस्तान प्रशासित कश्मीर र नीलम उपत्यकामा यसको असर बढी परेको छ । राहतकर्मी र उद्धार टोली बेपत्ताहरुको खोजीमा लागि रहेका छन् । 

समीनालाई बकवाली गाउँबाट बचाउ अभियानमार्फत् जीवितै बाहिर निकालिएपछि मुजफ्फराबादको एक अस्पतालमा भर्ना गरिएको थियो । यो घटनामा उनका परिवारको केही सदस्यको ज्यान गएको छ । 

पाकिस्तानको राष्ट्रिय आपतकाल प्रबन्धन प्राधिकरणका अनुसािर पूरै देशभरि हिउँ र हिमपहिरो प्रभावित इलाका कम्तीमा सय जनाको ज्यन गइसकेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया