अस्ट्रेलियाः अग्नि नियन्त्रकहरुले २० करोड वर्ष पुरानो झण्डै २ सय रुख कसरी बचाए ?

 माघ ३, २०७६ शुक्रबार १३:५१:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलियामा आगलागीका कारण ठूलो क्षति हुँदा एउटा राम्रो समाचार पनि प्राप्त भएको छ । 

आगलागीका कारण ५० लाख एकड क्षेत्रमा फैलिएको जङ्गल नष्ट भइसकेको छ । तर अग्नि नियन्त्रकहरु झण्डै दुई सय वटा प्राचीन र महत्वपूर्ण रुख बचाउन सफल भएका छन् । 

वोलेमी पाइन प्रजातिको यी रुखलाई स्थानीयले ‘डाइनाेसर ट्रीज’ को नाम पनि दिएका छन् । यी रुखहरु २० करोड वर्षदेखिकाे पुरानो भएको मानिएको छ । जङ्गल आसपासको आगो निभाएपछि अग्नि नियन्त्रकहरु हेलिकोप्टरमार्फत जङ्गलको बीच यी रुख रहेको ठाउँसम्म पुग्न सफल भए । 

न्यु साउथ वेल्सका पर्यावरण मन्त्री म्याट केनका अनुसार वोलेमी पाइन्स रुख विश्वमा केवल ब्लु माउन्टेन्सको जङ्गली इलाकामा मात्र पाइन्छ । यस्ता मात्र दुई सय वटा रुख बचेका छन् । तर यी रुख रहेको वास्तविक क्षेत्र गोप्य राखिएको छ । 

कसरी बचाइयो ती रुख ?

आगलागी हुने बित्तिकै ती रुख बचाउनको लागि एक अपरेशन सुरु गरिएको केनले बताए । आगो ती रुखतर्फ बढिरहेको थियो । अग्नि नियन्त्रकहरुले पहिला ‘वाटर बम्बिङ्ग जेट’ को सहायताद्वारा ती रुख वरिपरि पानी र आगो निभाउने फोम छर्किए । आगो कम भइसकेपछि उनीहरु जङ्गलभित्र छिरे । डाइनाेसर ट्रीज ननिक जेनेरेटरबाट चल्ने एक सिँचाइ प्रणाली लगाए, जसका कारण रुखमा आगाेकाे प्रभाव कम पराेस् ।  

२६ वर्षअघि ती रुखहरु अझै पनि अस्तित्वमा छन् भन्ने कुरा थाहा भएको केनले बताए । त्यसअघि यी रुख लोप भइसकेको बताइन्थ्यो । 

विस्तृतमा यहाँ पढ्नुहाेस् 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया