जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
धनुषा - समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी प्रत्यक्ष राष्ट्रपतिबाट देशको शासन प्रणाली सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ ।
शुक्रबार पार्टीको मधेश प्रदेश समितिद्वारा आयोजित संगठन विस्तार एवं सुदृढीकरण अभियानको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताउनुभएको हो
उहाँले मधेशसहितका अधिकारवादी आन्दोलनपछि संविधानमा लेखिएको संघीयता कागजमै सीमित भएको बताउनुभयो । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री एवं पार्टीका उपाध्यक्ष लालबाबु राउतले मधेश आन्दोलनसहित विभिन्न अधिकारवादी आन्दोलन स्वायत्त शासन अधिकार सहितको प्रदेश खोजेको बताउनुभयो ।
संविधान संशोधन प्रदेशलाई अधिकार सम्पन्न बनाउन मात्र नभइ सबैलाई समानुपातिक अधिकार प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।