धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परे विप्लवका कार्यकर्ता

 माघ ४, २०७६ शनिबार ७:२७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङ जिल्ला अदालतबाट धरौटीमा रिहा भएलगत्तै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पुनः पक्राउ परेका छन् ।

संगठितरुपले राज्य विरुद्धको अपराध गरेको मुद्दामा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका विप्लव नेतृत्वको नेकपाका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो ।

राप्ती गाउँपालिका–१ निवासी विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्तिमोर्चा दाङका अध्यक्ष ३३ वर्षीय सुरज परियार र पार्टीका सदस्य वाणगंगा नगरपालिका–८ कपिलवस्तुका ३२ वर्षीय विष्णुबहादुर रावतलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

जिल्ला अदालतको आदेशअनुसार १५/१५ हजार धरौटी बुझाएर निस्कँदै गर्दा प्रहरीले दुबै जनालाई अदालतको गेटबाटै पुनः पक्राउ गरेकाे हाे ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया