दिल्लीमा आइतबारदेखि नयाँ सुरक्षा कानुन लागू हुँदै : कारण नबताइ एक वर्षसम्म जाेकाेहीलाई हिरासतमा राख्न सकिने

 माघ ४, २०७६ शनिबार १६:१६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको राजधानी दिल्लीमा आइतबारदेखि नयाँ सुरक्षा कानुन लागू हुने भएको छ ।

आइतबारदेखि लागू हुने कानुनले १८ अप्रिल २०२० सम्म आपतकालीन अवस्थामा जोकोही व्यक्तिलाई पनि हिरासतमा राख्ने अधिकार दिएको दिल्लीका उपराज्यपाल अनिल बैजलले बताउनुभएको छ ।

गएको पुस २६ गते जारी गरिएको कानुनअनुसार अब कोही पनि व्यक्तिलाई पक्राउ गर्नुको कारण नबताइ एक वर्षसम्म हिरासतमा राख्न सकिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कानुनी व्यवस्था र देशको सुरक्षाको लागि कोही व्यक्तिमाथि प्रशासन र अधिकारीले शंका गरे पक्राउ गर्न सक्ने अधिकार यो कानुनमा छ ।

दिल्लीमा नागरिकता संसोधन कानुन र नेश्नल रजिस्टर अफ सिटिजन्सको विरुद्ध आन्दोलन चलिरहेका बेला यो कानुन पारित भएको थियो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया