ट्रम्पविरुद्धकाे महाभियोग : प्रजातन्त्रमाथि ‘खतरनाक आक्रमण'– कानुनी टिम

 माघ ५, २०७६ आइतबार ९:४४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगलाई लिएर उनको कानुनी टिमले पहिलो औपचारिक जवाफ दिएको छ । 

कानुनी टिमले अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको आरोप निर्लज्ज र गैरकानुनी भएको बताएको छ । कानुनी टिमले भनेको छ, यो प्रजातन्त्रमाथि ‘खतरनाक आक्रमण’ हो । 

डेमाेक्रेट्स पार्टीका सांसदहरुले भने लाेकतान्त्रिक मूल्य र राष्ट्रिय सुरक्षाकाे लागि गम्भीर र दीर्घकालीन क्षतिबाट बच्न ट्रम्पलाई दाेषी ठहराउनु पर्ने र कार्यालयबाट हटाउनु पर्ने बताएका छन् । 

सम्बन्धित समाचार

६ पानाको पत्रमा भनिएको छ, ‘महाअभियोगमा ट्रम्पमाथि अपराध गरेको आरोप लगाउन असफल प्रयास गरिएको छ, जसको उद्देश्य २०२० को चुनावलाई असर पुर्‍याउनु हो ।’

ट्रम्प अमेरिकी इतिहासमा महाअभियोग लगाइएका तेस्रो राष्ट्रपति बनेका छन् । अहिलेसम्म अमेरिकी राजनीतिको इतिहासमा कुनै पनि राष्ट्रपतिलाई महाअभियोग प्रक्रियाबाट हटाइएको छैन ।

यसअघि अमेरिकाका १७ औँ राष्ट्रपति एन्ड्रयू जोनसोन र ४२ औँ राष्ट्रपति बिल क्लिन्टनविरुद्ध महाअभियोगको प्रक्रिया चलेको थियो तर त्यो सफल हुन सकेन । 

ट्रम्पमाथि संसदको काम कारबाहीमा वाधा पुर्याएको र सत्ताको दुरुपयोग गरेर जो बाइडन र उनको छोरामाथि जाँच गर्न युक्रेनमाथि दबाब दिएको आरोप छ । 

अमेरिकी संसदको माथिल्लो सदनमा राष्ट्रपति ट्रम्पमाथि महाअभियोग आरोपको प्रक्रिया सुरु भएको छ । यो विषयमा सुनुवाइ आउँदो हप्ता हुनेछ । 

अमेरिकी तल्लो सदनमा विपक्षी डेमोक्रेट्सको बाहुल्यता भए पनि माथिल्लो सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको बाहुल्यता छ, जसले ट्रम्पलाई दोषी ठहराउने र पदबाट हटाउने फैसला गर्नेछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया