पाँचथरमा ७२ वर्षीया वृद्धालाई बलात्कार गरी नगद लुटेको आरोपमा एक युवक पक्राउ

 माघ ५, २०७६ आइतबार १७:४७:२० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - ७२ बर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ–७, सुभाङका २८ बर्षीय मनकुमार योञ्जन रहेका प्रहरीले जनाएकाे छ ।

सात वर्षअघि श्रीमानको मृत्यु भएपछि घरमा एक्लै बस्दै आएकी वृद्धालाई माघ ३ गते राति साढे आठ बजे समयमा बलात्कार गरी नगदसमेत चोरी गरेको आरोपमा योञ्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका पाँचथरले जनाएको छ ।  

योञ्जनले राति वृद्धाको घरभित्र प्रवेश गरी पटुकामा बेरेर राखेको १४ हजार ३सय ४० रुपैंयाँ नगद, पुराना पैसा राखेको थैलीसमेत चोरी गरी बलात्कार गरेको पीडित वृद्धाको जाहेरीको आधारमा योञ्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका योञ्जनमाथि जबरजस्ती करणी र चोरी मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता, इन्सपेक्टर रोमनराज अर्यालले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • निलम जबेगु

    Jan. 19, 2020, 8:15 p.m.

    पछिल्लो समयमा हाम्रो गृह जिल्ला पाँचथरमा विभिन्न किसिमका अपराधीक घटनाहरु पस्टाएको देखिन्छ हामी पाँचर बासीदाहरुमा जनचेतनाको कमी भएको होकि सुरक्षा निकाय कमजोर भएको हो?

  •  0 Reply

तपाईको प्रतिक्रिया