सिप्रदी ट्रेडिङ्गकाे ‘टाटा दशैं वम्पर लक्की ड्र’ जितेकालाई उपहार वितरण

 माघ ६, २०७६ सोमबार १९:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोटर्स लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालीले ‘दशैं बम्पर लक्की ड्र’ को नतिजा सार्वजनिक गर्दै उपहार वितरण गरेकाे छ । 

टाटा मोटर्सले दशैं तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरुसहित आयोजना गरेको ‘लक्की ड्र’ को नतिजा माघ ३ गते सार्वजनिक गर्दै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिसहित उपहार वितरण कार्यक्रम गरेको हाे ।

बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा ‘लक्की ड्र’ को कार्यक्रम पौष २१ गते आयोजना गरिएको थियोे । देशैभरबाट कुल १ हजार ७३२ जना ग्राहकहरुले ‘लक्की ड्र’ मा सहभागिता जनाएका थिए । जसमध्ये ७६ जना भाग्यशाली ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरेकाे कम्पनीले जनाएकाे छ ।

विजेतामध्ये १३ जना ग्राहकले एलजीको ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजीको ८ केजी क्षमताको वासिङ्ग मेसिन, १३ जनाले सामसुङ्गको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टीभी र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया