बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
सर्लाही - सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेकाे भन्दै उखु किसानहरुले बुधबारबाट फेरि आन्दोलन गर्ने भएका छन्।
सरकार र उखु किसान संघर्ष समितिबीच गएको पुस १८ गते माघ ७ गतेभित्र सबै किसानको उखु बिक्री बापतको रकम भुक्तानी गर्ने सहमति भएको थियो ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले किसानसँग सरकारले गरेको पूर्व सहमति कार्यान्वयन नभएकाले सडक आन्दोलन गर्न लागेकाे जानकारी दिनुभयो।
उखु किसानले उद्योगबाट पाउनु पर्ने १ अर्ब २० करोडमध्ये अहिलेसम्म जम्मा १५ करोड मात्र भुक्तानी पाएका छन्। सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपुर्ण सुगर मिल धनकौलले ३५ करोड , श्रीराम सुगर मिल रौतहटले ४२ करोड र नवलपरासीको ईन्दिरा सुगर मिलले ९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
सोमबारसम्म महालक्ष्मी सुगर मिल बगदहले ११ करोड ५० लाख, अन्नपूर्ण सुगर मिल धनकौलले ३ करोड ९० लाख र इन्दिरा सुगर मिल नवलपरासीले ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेका छन् ।
सरकारले दिनु पर्ने १अर्ब ३४ करोड रुपैयाँ अनुदान रकम अहिलेसम्म उखु किसानले पाउन सकेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।