प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
धादिङ : धादिङको निलकण्ठ नगरपालिका-८, ससाह ज्यामिरेमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने मृतक सबैकाे परिचयसमेत खुलेकाे छ ।
ज्यान गुमाउनेहरुमा नीलकण्ठ नगरपालिका-२, भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, बिदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ, ध्वजबहादुर गुरुङ रहेका छन् ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै र ४ जनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानाकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका ३२ जनामध्ये १० जनालाई हेलिकप्टरबाट र ६ जनालाई एम्बुलेन्सबाट काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानाकारी दिनुभयो ।
धादिङको ज्वालामुखी गाउँपालिका-४, ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गरेका यात्रु बोकेको ग १ ख ८०१२ नम्बरको ट्रक दुर्घटना भएको थियो । घाइते भएकामध्ये बाँकी सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।