काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले शेयर कारोबारका लागि व्यक्तिगत विवरण अद्यावधिक गर्न शेयर लगानीकर्तालाई आग्रह गरेको छ ।
पूर्ण सञ्चालित अनलाइन कारोबार प्रणाली शुरु भइसकेको सन्दर्भमा नेप्सेले शेयर दलाल कम्पनीमा सम्पर्क गरी सो विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।
स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली शुरु गरेको हो । आजसम्म सो प्रणालीमा ५० वटै दलाल कम्पनी आबद्ध भइसकेका छन् ।
नेप्सेले भनेको छ, “व्यक्तिगत विवरण अद्यावधिक गरी युजरनेम र पासवर्ड लिई अनलाइन कारोबार प्रणालीमा जोडिन आग्रह गर्दछौँ ।”
यो परीक्षण कारोबार भएकाले उपलब्ध गराइएको युजरनेम र पासवर्डमार्फत लगानीकर्ताले कारोबारको विवरण मात्र हेर्नसक्ने मात्रै व्यवस्था गरिएको छ । परीक्षण कारोबारका क्रममा सरोकार भएका व्यक्तिबाट प्राप्त भएको सुझावलाई नेप्से अनलाइन टे«डिङ सिस्टममा यथाशक्य समेटिने प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो ।
शेयर बजार आज दोहोरो अंकले घटेको छ । स्टकका अनुसार आज कारोबार मापक नेप्से परिसूचक भने ११.७३ अंकले घटेर एक हजार १८१ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५६ बिन्दुले घटेर २४८.८६ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको छ लाख ६१ हजार २४६ कित्ता शेयर रु २१ करोड १२ लाख १३ हजार ८२८ मूल्यमा खरिद बिक्री भएको थियो ।
स्टकका अनुसार बैंकिङ ७.६६, होटल ३४.५७, विकास बैंक १३.४२,जलविद्युत् १३.७७, निर्जीवन बीमा ११०.७, उत्पादन ३.४१, अन्य ६.७१, माइक्रोफाइनान्स ३२.९३, बीमा ७०.२८ बिन्दुले घटेको छ भने वित्त क्षेत्र २.९९ बिन्दुले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।