कमजोर मनसुनले धानबाली सुक्न थाले

 साउन ७, २०७५ सोमबार ७:२५:४९ | रासस

कैलाली – यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । 

आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । 

रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले बताउनुभयो । “बोरिङबाट पानी तानेर धान रोपाइँ गरियो, किसान जंगवीरले भन्नुभयो, “वर्षा नहुँदा देखिएको खडेरीले धान सुकेर जाने चिन्ता लागेको छ ।” खास गरी प्रदेशका पहाडी जिल्लाको तुलनामा धान उत्पादनका प्रमुख जिल्ला तराईका कैलाली र कञ्चनपुरको धान बालीलाई पुग्ने गरी मनसुनी वर्षाको अभाव भएको छ । 

पहाडका जिल्लाबाहेक तराईको जिल्ला कैलालीमा ७१ हजार २५० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४५० हेक्टर जग्गामा धानबालीको खेती हुने गरेको छ । यस क्षेत्रमा मनसुनी वर्षा साउन लाग्दासम्म पूर्णरुपमा सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयका प्रमुख एपी चौरसियाले बताउनुभयो । 

यसपालि धेरै पानी नपर्ने कमजोर मौसम देखिएको चौरसियाले बताउनुभयो । यस क्षेत्रमा गएको असार १८ गते ९८ मिलिमिटर र २० गते ५१ मिमि वर्षा भएको रेकर्ड भएको थियो । 

यो दुई दिनबाहेक त्यसपछि धानबालीलाई पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन । प्रदेश नं ७ मा यस वर्ष जेठ २५ गते मनसुन भित्रिएको भए पनि कमजोर मनसुन रहेको चौरसियाले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • टि.पि. काफ्ले

    July 23, 2018, 12:42 p.m.

    अब नेपाल मा मन्सुन भयन भनेर नेपाली कांग्रेस का युवा नेता गगन थापा लाई उचाल्नुहोस अनि के पि ओलि को बिरुद्द्द मा आवाज उठाउनुहोस!!! अनि नेपाल मा भारी मत्रामा बर्षा हुन्छ!!!

  •  0 Reply

तपाईको प्रतिक्रिया