भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
रामेछाप - रामेछापका उच्च लेकाली भूभागका किसानहरु व्यावसायिक लोक्ताकाे उत्पादनमा केन्द्रित हुन थालेका छन् । अर्गेलीबाट उत्पादित कच्चापदार्थ लोक्ता जापान निर्यात हुन थालेपछि किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।
रामेछापको गोकुलगङ्गा गाउँपालिकाको चुचुरेमा अर्गेली खेती गर्दै आएका किसानहरुले मनग्य आम्दानी गरिरहेका छन् । अर्गेलीको बोक्रालाई उमालेर तयार पारिएको कच्चापदार्थ लोक्ता राम्रो मूल्यमा सिधै जापान निर्यात हुनेगर्छ ।
वार्षिक ३० टन लोक्ता रामेछापबाट जापान निर्यात हुने गरेको छ । किसानले प्रतिटन ५ लाख रुपैयाँको दरले १५ करोड रुपैयाँ वार्षिक आम्दानी गर्ने गरेका छन् ।
चुचुरेका कृषक निरबहादुर खड्का भन्नुहुन्छ, ‘अरु बालीको तुलनामा लोक्ताको उत्पादन बढी हुन्छ । अहिले किसानहरु अरु खेती छाडेर यस खेतीतर्फ लाग्न थालेका छन् । अर्गेलीबाट वार्षिक ३० लाख रुपैयाँसम्म सहजै कमाइ हुन्छ ।’
यहाँका सबै किसानहरुले यसलाई व्यवसायिक रुपमा उत्पादन गर्न सुरु गरेका छन् ।
खेतीलाई थप विस्तार गर्न किसानहरुलाई गोकुल पालिकाले समेत गएको आर्थिक वर्षबाट अनुदान दिन सुरु गरेको छ । किसानहरुले अर्गेलीबाट उत्पादित कच्चापदार्थ लोक्ता रामेछापबाट बिक्रीको लागि ललितपुरको सातदोबाटोमा रहेको मिचुमाता कम्पनीमा पुर्याउने गरेका छन् ।
यस कम्पनीमार्फत कच्चापदार्थ जापान निर्यात हुने गरेको छ । अर्गेली बोटको फेदको भागको बोक्रालाई खाम, फायल बनाउन प्रयोग गरिन्छ । त्यस्तै बीचको भागबाट नेपाली कागज बनाउन र टुप्पोको भागलाइ जापानी ऐन (पैसा) बनाउन प्रयोग हुनेगर्छ ।
वर्षको ३ महिनामात्रै कच्चापदार्थ उत्पादन हुने गर्छ । खेतीबाट स्थानीय युवायुवतीहरुले समेत गाउँमै रोजगारी पाइरहेका छन् । अर्गेलीको बोक्रा तास्ने, तताउने, पेल्ने लगायतका कामबाट मासिक २० हजार देखि ३० हजार रुपैयाँसम्म आम्दानीहुने गरेको उनीहरु बताउँछन् ।
बाह्य स्थानमा कामको खोजीमा जानु पर्ने समस्या हटेको स्थानीय प्रेमबहादुर खड्काले बताउनुभयाे ।
उहाँले भन्नुभयो ‘काम अनुसारको पैसा पनि राम्रै पाइएको छ भने गाउँमै रोजगारीको सिर्जना भएको छ । याे खेतीलाई विस्तार गर्नसके रोजगारीका लागि बाहिरिनेको संख्यामा कमी आउँथ्यो ।’
चुचुरेका २५ जना किसानहरुले अर्गेलीकाे व्यवसायिक खेतिकाे सुरु गरेका छन् । करिब ५० जनाले रोजगारी समेत पाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।