हेलिकाेप्टर दुर्घटनामा अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टकाे निधन

 माघ १३, २०७६ सोमबार ७:३८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हेलिकाेप्टर दुर्घटनामा परेर अमेरिकी बास्केटबलका 'महान्' खेलाडी काेबे ब्रायन्टकाे निधन भएकाे छ ।  

हेलिकाेप्टर दुर्घटनामा ब्रायन्टसँगै उनकी छाेरी गियानासहित नाै जनाकाे ज्यान गएकाे अधिकारीहरुले जानकारी दिएका छन् । 

लगातार पाँच पटक एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल इतिहासकै सबैभन्दा महान खेलाडीकाे रुपमा मानिन्थ्याे । 

सन् २०१६ मा सन्यास लिएका ब्रायन्टले आफ्नाे २० वर्षे करियरमा लस एन्जेल्स लाकेर्सकाे तर्फबाट खेल्दै आएका थिए । 

सन् २००८ मा सबैभन्दा महान खेलाडी र दुई पटक एनबीए फाइनलमा एमवीपीकाे पद हासिल गरेका ब्रायन्ट दुई पटक ओलम्पिक च्याम्पियन पनि बनेका थिए । 

ब्रायन्टले सन् २००६ मा टाेरन्टाे र्‍याप्टर्सविरुद्ध ८१ प्वाइन्ट प्राप्त गरेका थिए । एनबीए इतिहासमै याे कुनै खेलाडीले प्राप्त गरेकाे दाेस्राे सबैभन्दा धेरै स्काेर हाे । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया