राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानव अधिकारकर्मी पक्राउ

 माघ १३, २०७६ सोमबार १४:३४:१४ | रासस
unn.prixa.net

राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका मानव अधिकारकर्मीलाई केहीबेर अगाडि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चरण प्रसाइँलगायत छन् । 

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले राष्ट्रपति कार्यालयको निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा नौ पुरुष र तीन महिला छन् । आइतबार निर्वाचित सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया