धादिङको नलाङमा दुई जना मृत भेटिए

 माघ १४, २०७६ मंगलबार २०:३४:५० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको सिद्धलेक गाउँपालिका-१, नलाङकाे कालिदह नजिकै जंगलमा दुई जना मृत फेला परेका छन् ।

मृत फेला परेकामा सिद्धलेक गाउँपालिका-१, कालिदहका ५७ वर्षीय नकुल सापकोटा र ३८ वर्षीय भीमबहादुर गुरुङकाे रहेका प्रहरीले जनाएकाे छ।

बाटो छेउको भीरमा शव फेला परेकाले दुवैजनाकाे भीरबाट खसेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताउनुभयो ।

दुवै शव पोस्टमार्टमका लागि धादिङ अस्पतालमा राखिएको छ ।

वडा कार्यालय जान भनेर आइतबार घरबाट निस्किएका दुवै जंगलको बाटोमा ३० फिट माथिबाट खसेर मृत्यु भएको हुन सक्ने आशंका गरिएकाे र थप अनुसन्धान भइरहेरुको प्रहरीले जानकारी दिएको छ ।

मृतकहरुको साथबाट स्थानीय सहकारीको शेयर सदस्य परिचय पत्र र २० हजार रुपैयाँ पनि फेला परेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया