प्रेस स्वतन्त्रता सेनानी 'चाचाजी' को निधन

 माघ १६, २०७६ बिहिबार ६:४५:१३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – प्रेस स्वतन्त्रता सेनानी पन्नलाल गुप्त 'चाचाजी' को बुधबार राति निधन भएको छ ।

नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्वअध्यक्ष समेत रहनु भएका चाचाजीको ९२ वर्षको उमेरमा निधन भएको हो ।

किरण साप्ताहिकका सम्पादकको रुपमा चाचाजी जीवनको उत्तरार्धमा पनि साइकल चलाएर युवा पुस्तासँगै समाचार सङ्कलनमा खट्ने गर्नु भएको थियो ।

लामो समयदेखि थलिनु भएका चाचाजीलाई थप समस्या आएपछि अस्पताल पुर्‍याइएकाेमा निधन भएको हो । 

अन्तिम अपडेट: चैत १२, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया