ब्राजिलमा विमान दुर्घटना भएर बस्तीमा खस्दा पाइलटसहित १० जनाको...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले सँगै काठमाडौँ आएका ढाकाकाे सनरे ट्राभल टुर्स प्रालीका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए ।
काठमाण्डाैकाे सोल्टीमोडमा रहेकाे होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा सँगै बसेका बेला रक्सीकाे बोतलले हानेर हत्या गरी फरार भएका उनलाई बुधबार राति लहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
याे घटना गएकाे माघ ६ गते भएको थियो । घटना घटाएर फरार भएका मिया रक्सौल, काँकडभिट्टा हुँदै फेरि नेपाल फर्किएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । हत्या आरोपी मियाँ मृतक अहमदका भाइले सञ्चालन गरेको ओसन ट्राभल टुर्स प्रालीका व्यवस्थापक भएको खुल्न आएको छ ।
उनले होटलको कोठामै रहँदा सुरुमा बोतलले टाउकोमा प्रहार गरेको र त्यसपछि त्यही सिसाले घाँटीमा हानेर मारेको देखिएको परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिनुभयो । त्यसपछि उनले शवलाई सिरकले ओढाएर मानिस सुतेजस्तो बनाइ छाडेर भागेका थिए ।
प्रहरीका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउने जाने गर्थे । उनी विभिन्न होटलको क्यासिनोका नियमित ग्राहक थिए । यसपालि उनीहरु गएकाे माघ ६ गते पछिल्लो पटक नेपाल आएका थिए । हिमालय एअरलाइन्सको सिट १० को 'बी' र 'सी' मा बसेर उनीहरु आएको खुलेको छ ।
एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट ७ गते हत्या गरेको र प्रहरीलाई भने ८ गते मात्रै खबर आएको थियो । उनीहरु होटलमा दैनिक १५ सयमा भाडा तिर्ने गरी बसेका थिए ।
प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको प्रहरीले जनाएको छ । उनीहरुका आफन्तले पनि त्यही आशङ्का गरेका छन् । आवश्यक अनुसन्धान पूरा गरी चार दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।