अमेरिका–मेक्सिकाे सीमामा 'अहिलेसम्मकै लामाे' सुरुङ भेटियाे

 माघ १६, २०७६ बिहीबार १३:१:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी अधिकारीहरुले अमेरिका–मेक्सिको सीमानामा अहिलेसम्मकै लामो तस्करी सुरुङ पत्ता लागेको बताएका छन् । 

चार हजार तीन सय नौ फिट (एक हजार तीन सय १३ मिटर) लामो सुरुङमा लिफ्ट, रेल ट्र्याक, पानीको निकास, भेन्टिलेसन र उच्च भोल्टेजको विद्युतीय केबल पनि छ । 

सुरुङ मार्ग मेक्सिको शहरको तिजुआनाको औद्योगिक क्षेत्र र क्यालिफोर्नियाको सान डिएगोसँग जोडिएको छ । 

अनुसन्धानका क्रममा कोही पनि गिरफ्तारीमा नपरेको र कुनै लागुऔषध फेला नपरेको अधिकारीहरुले जानकारी दिएका छन् । सुरुङको पछाडि कसलाई शङ्का गरिएको छ भन्ने बारेमा उनीहरुले केही बताएका छन् । 

तर अमेरिकी अधिकारीहरुले बताएअनुसार मेक्सिकोको सिनालोआ कार्टेल यो क्षेत्रमा लागुऔषधको तस्करी गर्ने विश्वको एक ठूलो सङ्गठन हो । यसका संस्थापक तथा लामो समयसम्म नेतृत्व गर्ने जाओक्विन ‘ईआई चापो’ गुजम्यान अहिले अमेरिकाको जेलमा कैद छन् ।  

यो सुरुङ गएको अगस्ट महिनामा पत्ता लागेको हो । गएको बुधबार सुरुङ मार्ग सार्वजनिक गर्नुअघि मेक्सिकोको अधिकारीहरुले सुरुङको प्रवेशद्वार पत्ता लगाएका थिए भने अमेरिकी अनुसन्धानकर्ताहरुले मापन गरेको थिए ।

अमेरिकी सीमा शुल्क र सीमा सुरक्षाले सुरुङको तल्लो सतहको औसत गहिराइ ७० फिट (२१ मिटर), उचाइ ५ दशमलव ५ फिट र चौडाइ २ फिट रहेको बताएको छ । यसलाई बनाउन कति समय लाग्यो भन्ने बारेमा प्रस्ट भैसकेको छैन । 

सान डिएगो होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनका कार्डेल मोरेन्टले भने, ‘यो विशेष परिष्कृत सुरुङको सहायताद्वार अन्तर्राष्ट्रिय तस्करहरुलाई समय बचाउन सघाउ पुगेको थियो । जसबाट सहजै सीमा वारपार गर्न सकिन्थ्यो ।’

बयानका अनुसार सान डिएगो को ओटे मेसा औद्योगिक गोदाम क्षेत्रमा सुरुङको एक संदिग्ध पूर्वनिकासलाई अवरुद्ध गर्दै अनेक मार्ग बनाइएको थियो । 

सन् २०१६ पछि मेक्सिकोसँगै जोडिएको क्यालिफोर्निया सीमामा दर्जन बढी परिष्कृत सुरुङ भेटिइसकेका छन् । सन् २०१४ मा सान डिएगोमा दुई हजार ९ सय ६६ मिटर लामो दोस्रो लामो सुरुङ भेटिएको थियो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया