छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

 माघ १६, २०७६ बिहिबार २०:१४:४६ | प्रेमनारायण आचार्य
unn.prixa.net

 अर्घाखाँची –  आफ्नै ९ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जिल्ला अदालत अर्घाखाँचीले जन्मकैदको फैसला सुनाएको छ । 

जबरजस्ती तथा हाडनाता करुणीका आरोपित बाबुलाई जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको इजलासबाट जन्मकैद हुने फैसला सुनाइएको निमित्त श्रेस्तेदार नारायण बहादुर भट्टराईले जानकारी दिनु भयो ।

 गएको साउन २ गते उनी विरुद्ध मुद्धा दर्ता भएको थियो । १० वर्षभन्दा कम उमेरका बालबालिकालाई जबरजस्ती करणी गरेकाले जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताउनु भयो । 

त्यस्तै सन्धिखर्कको डिभर्नामा ५ वर्षीय नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० बर्ष कैद र ४० हजार जरिबानाको फैसला जिल्ला अदालतले गरेको सूचना अधिकारी गैरेले बताउनु भयो  । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया