पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल प्रहरीले दुई किलो दुई सय ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा सङ्लग्न बोलिभियाका नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो ।
ब्यूरोले लामो समयको सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमाण्डाै महानगरपालिका २६ ज्याठामा रहेको बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट उनलाई पक्राउ गरेको हो ।
सुटकेसभित्र फल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा मिगुललाई पक्राउ गरिएको र लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।